तरङ्गका रङ
सायद जीवन भोगाइ हो कि या त सपनानै हो छ त केवल मानिसको भीड इच्छा, चाहना र भावना अथाह घुमिरहेका सायद तेहि नै पो हो कि अनुपम प्रकृतिको तरङ्ग कन्दरा, मनका अनि पहाडका बुझ्नु नै पो हो कि लेन्समा ठोकिएका मनोरम रङ समेटू त म के? खोजूम त म कहाँ? दृश्य कि भावना? देह कि आत्मा? सेता पाटीमा छिल्लबिल्ल खोजिरहेछु म तरङ्गका रङ (This poem was written for narrating in the video produced for S01E02 'The Monologue Cascade: Tasbir Tales' which featured three amazing photographers sharing their journey. Here is the link to the video: https://www.facebook.com/watch/?v=1167206796743993 )